चितवनका ५ स्पा सेन्टरमा प्रहरी छापा, ८ जना नियन्त्रणमा
चितवनमा सञ्चालन भइरहेका ५ वटा स्पा सेन्टरमा प्रहरीले आकस्मिक छापा मार्दै १ महिला सहित ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवन ले बुधवार विशेष अप्रेसन सञ्चालन गर्दै दर्ता विना सञ्चालन तथा मापदण्ड उल्लङ्घनको आशङ्कामा कारबाही गरेको हो।
प्रहरीका अनुसार कान्तिपुर, नमस्ते किङ, मुनस्टार, ह्याप्पी हेल्थ र गुड हेल्थ स्पा सेन्टरमा छापा मारिएको हो। केही सञ्चालक तथा कर्मचारीलाई नियन्त्रणमा लिइएको छ।
कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार दर्ता प्रक्रिया पूरा नगरी तथा नियम विपरीत गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो। चितवनमा स्पा सेन्टर गोप्य रूपमा सञ्चालन भइरहेको समेत प्रहरीले जनाएको छ। हाल प्रहरीसँग २७ वटा स्पा सेन्टरको सूची रहेको डिएसपी खनालले जानकारी दिए । प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई अझ कडा बनाउने जनाएको छ।