२०८३ बैशाख ३ गते , विहीबार
झापाको कनकाईमा ब्राउन सुगरसहित तीनजना पक्राउ
झापाको कनकाईमा लागू औषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । हिजो बिहान १० बजे कनकाई नगरपालिका-३ गोहीखाडीमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले शरणामतीबाट सुरुङगातर्फ आउँदै गरेको को ३४ प ८२१२ न. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा प्लास्टिकसहित ९ ग्राम १६० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित दुई युवक र एक युवती पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा शिवसताक्षी १० बस्ने वर्ष २७ का प्रदीप तामाङ, दमक १ बस्ने वर्ष २६ का विक्रम ढकाल र इलाम माईजोगमाई ५ बस्ने वर्ष २३ की मेरी राई रहेका छन् । उनीहरूलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।