२०८३ बैशाख ३ गते , विहीबार

किन बढ्यो खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य ?

sajilo news
झापा
२०८२ चैत्र २७ गते , शुक्रबार
किन बढ्यो खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले एक सूचना जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य बढाएको जानकारी दिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको जनाएको छ।

नयाँ मूल्य समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि गरिएको छ, भने खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले जनाएको छ ।

पेट्रोलको पहिलो वर्गको २१६ दशमलम ५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै डिलेको प्रतिलिटिर पहिलो वर्गको २०५ दशमलब ५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ पुगेको छ ।एलपी ग्यास प्रतिलिसिलिण्डरको २०१० रुपैयाँ पुगेको छ । हवाइ इन्धन प्रतिलिटर २५७ पुगेको छ ।

किन बढ्यो मूल्य?

निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था देखिएको थियो। मूल्य वृद्धिअघि निगमलाई पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा भइरहेको थियो। विज्ञप्तिमा भनिएको छ, 'घाटा निरन्तर भइरहेमा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न नसकिने र आपूर्ति व्यवस्थापनमै असहजता आउने देखिएकाले बाध्य भएर मूल्य वृद्धि गरिएको हो।'

अहिले गरिएको उच्च मूल्य वृद्धिले पनि निगमको आर्थिक संकट पूर्ण रूपमा टर्ने देखिँदैन। नयाँ मूल्य कायम गर्दा पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा रहने निगमले जनाएको छ। देशको वर्तमान आर्थिक अवस्था र इन्धनको बढ्दो लागतलाई मध्यनजर गर्दै निगमले आम उपभोक्ता र सरोकारवालाहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता (कम प्रयोग) अपनाइदिन समेत विशेष अनुरोध गरेको छ।

सम्बन्धित समाचार