२०८३ बैशाख ३ गते , विहीबार

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित

sajilo news
काठमाडौं
२०८२ चैत्र २७ गते , शुक्रबार
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उपसभामुखमा राप्रपाकी सरस्वती लामा अस्वीकृत भएकी छिन् । 

आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् । आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो । एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो । 

सम्बन्धित समाचार