२०८३ बैशाख ३ गते , विहीबार
करणी मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ
जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी ९ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् ।
उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो। धरान–८ की १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको कसुरमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।
उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले मिति २०७३/०५/१६ गतेको फैसलामा उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका चाम्लिङलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरिएको हो। चाम्लिङलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाएको जनाइएको छ ।