२०८३ बैशाख ३ गते , विहीबार

अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री अस्पताल भर्ना

sajilo news
झापा
२०८२ चैत्र २९ गते , आईतबार
अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री अस्पताल भर्ना

भद्रपुर । झापाका अग्रज तथा सक्रिय पत्रकार गोविन्दचन्द्र क्षेत्री बिरामी भई अस्पताल भर्ना भएका छन्। पारिवारिक स्रोतका अनुसार ८२ वर्षीय क्षेत्रीलाई भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा बिहीबार उपचारका लागि भर्ना गरिएको हो।

उनी केही समयदेखि नशा र मुटु रोगबाट पीडित छन्। हाल भने उनको शरीरमा सोडियम र हेमोग्लोबिनको कमी देखिएको चिकित्सकले बताएका छन्। लामो समयदेखि पत्रकारितामा सक्रिय क्षेत्री झापा जिल्लाका पुराना र सम्मानित सञ्चारकर्मीका रूपमा परिचित छन्।

६ दशकभन्दा बढी समय पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका उनी नेपाल पत्रकार महासंघ झापा शाखाका  पूर्वसभापति तथा प्रेस युनियनमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनी काठमाडौँबाट प्रकाशित अङ्ग्रेजी दैनिक हिमालयन टाइम्सका झापा संवाददाता साथै भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक समेत रहेका छन् । 

साथै, प्रेस क्लब भद्रपुरको नेतृत्व सम्हाल्दै पत्रकारिता प्रशिक्षण तथा आचारसंहितासम्बन्धी कार्यक्रमहरूमा सक्रिय भूमिका खेलेका थिए ।पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि क्षेत्रीलाई “मोती पत्रकारिता पुरस्कार” सहित विभिन्न सम्मानबाट सम्मानित गरिएको छ।

उनी हाल पनि ज्येष्ठ पत्रकारका रूपमा समाजमा सक्रिय उपस्थिति जनाउँदै आएका छन् ।सुधारको अवस्थामा रहेको उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको परिवारले जनाएको छ। चिकित्सकका अनुसार आइतबारसम्म अस्पतालमै राखेर उनको उपचार गराउनु पर्नेछ । 

सम्बन्धित समाचार