२०८३ बैशाख ३ गते , विहीबार

प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १ करोड ४६ लाख र गृहमन्त्री गुरुङको ८९ तोला सुन, २ करोड ७४ लाखको सेयर

sajilo news
झापा
२०८२ चैत्र २९ गते , आईतबार
प्रधानमन्त्री बालेनको बैंक ब्यालेन्स १ करोड ४६ लाख र गृहमन्त्री गुरुङको ८९ तोला सुन, २ करोड ७४ लाखको सेयर

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। काठमाडौंको गैरीगाउँमा स्थायी ठेगना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ। सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्।

त्यस्तै प्रधानमन्त्री शाहसँग १९० तोला पैतृक गरगहना रहेको छ। त्यस्तै बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।  

त्यस्तै गृहमन्त्री सुधन गुरुङका तीन जिल्लामा जग्गा रहेको छ। मन्त्री गुरुङको गृहजिल्ला गोरखामा २२१ रोपनी, धनकुटामा साढे १९ रोपनी र चितवनमा डेढ विघा जग्गा रहेको छ। त्यस्तै ८९ तोला सुन र ६ किलो चाँदी मन्त्री गुरुङसँग रहेको छ। उक्त गरगहना पैतृक सम्पत्ति भएको उनले उल्लेख गरेका छन्।

त्यस्तै गृहमन्त्री गुरुङसँग ६१ लाख बढी नगद विभिन्न कम्पनीको सेयर पनि रहेको छ। विवरणअनुसार होप होल्डिङको ३० हजार थान, लगुम प्रिमियम अपार्टमेन्ट्सको ५७ हजार थान र धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर रहेको छ। 

त्यस्तै एडभेन्चर्स भिल्लाको ७० हजार थान सेयर रहेको विवरणमा उल्लेख छ। त्यस्तै मन्त्री गुरुङसँग ४८ लाख बराबरको कार रहेको छ।

सम्बन्धित समाचार