२०८३ बैशाख ३ गते , विहीबार

इरानमा ५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको दाबी

sajilo news
एजेन्सी
२०८२ चैत्र ३० गते , सोमबार
इरानमा ५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको दाबी

शान्ति वार्ता असफल भएपछि इरानमा अमेरिकी गुप्तचरहरूलाई ठूलो संख्यामा पक्राउ गरिएको छ।इरानी अधिकारीहरूले शत्रु देशहरूसँग सहकार्य र सरकार विरोधी गतिविधिको आरोपमा धेरै जनालाई पक्रेर मुद्दा दायर गरिएको र सम्पत्ति जफत गरिएको बताका छन्। 

इरानी मिडियाका अनुसार, प्रहरी कमान्डले आइतबार राष्ट्रव्यापी गुप्तचर–आधारित अपरेशनमा एक संगठित सञ्जाल तोडिएको जनाएको छ। उक्त सञ्जालले शत्रु (अमेरिका–इजरायल)लाई संवेदनशील जानकारी पठाउन खोजेको ती अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ।

यस अवधिमा पचास जनालाई पक्राउ गरिएको छ। संदिग्धहरूले शत्रुलाई सेवा पूर्वाधार, चेकपोइन्ट र सुरक्षा बलको स्थानको बारेमा जानकारी प्रदान गरेको आरोप छ।  जसले गर्दा उनीहरूलाई लक्षित गर्न सहज भएको उनीहरुको भनाइ छ। संदिग्धहरूबाट महत्वपूर्ण इलेक्ट्रोनिक उपकरणहरू, उपग्रह उपकरणहरू, हतियार र गोला बारुद पनि बरामद गरिएको छ।

थप रूपमा, गिलान प्रान्तमा रहेको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सले हालैको लडाईमा अमेरिकी–जियोनिस्ट आतंकवादी नेटवर्क सँग सम्बन्धित १०२ जनालाई पक्राउ गरिएको बताएको छ।विज्ञप्तिमा मोसादसँग जोडिएको आरोपमा चार जनालाई पक्राउ गरिएको पनि भनिएको छ।

सम्बन्धित समाचार