२०८३ बैशाख ३ गते , विहीबार
लखनऊलाई हराउँदै शीर्षस्थानमा उक्लियो बेंगलुरु
डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत जारी सिजनमा चौथो जित दर्ता गरेको छ। टोलीले गएराति लखनऊ सुपर जाइन्टस्लाई पाँच विकेटले पराजित ग¥यो।
बेंगलुरुले घरेलु मैदानमा १४७ रनको लक्ष्य १५.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो। लखनऊ भने २० ओभरमा १४६ रनमै अलआउट भयो।
खेलमा कुनै पनि खेलाडीले अर्धशतक बनाउन सकेनन्। विराट कोहलीले सर्वाधिक ४९ रन बनाए तर उनी १ रनले अर्धशतकबाट चुके। रजत पाटिदारले २७ तथा जितेश शर्माले २३ रन जोडे।
यसअघि टस जितेर पहिले बलिङ गरेको बेंगलुरुका लागिरखिम सलामले चार विकेट लिए। भुवनेश्वर कुमारले ३ तथा तथा क्रुनाल पाण्ड्याले दुई विकेट लिए। लखनऊका लागि मिचेल मार्सले ४० रन बनाए। यस जितसँगै बेंगलुरु आठ अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। लखनऊ भने तेस्रो हारपछि सातौँ स्थानमा झरेको छ।