२०८३ बैशाख ३ गते , विहीबार
झापाको भोटे पुलमुनि नवजात शिशुको शव फेला, एक जना नियन्त्रणमा
झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति करिब २३:५० बजेको समयमा नवजात शिशु (छोरा) को शव फेला परेको हो । घटनाको बारेमा स्थानीयले जानकारी गराए लगतै प्रहरी चौकी धरमपुरको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।