२०८३ बैशाख ३ गते , विहीबार
इजरायलले दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त पार्यो
इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा दक्षिणी लेबनानको अन्तिम पुल ध्वस्त भएको छ। लिटानी नदीको उत्तरमा अवस्थित र लगभग ४० हजार जनसंख्या भएको नाबाटियाह शहरमा आक्रमण गरेर पुल ध्वस्त पारेको हो।
लेबनानको एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार आक्रमणबाट दक्षिणी लेबनानलाई देशको बाँकी भागसँग जोड्ने अन्तिम पुल ध्वस्त पारेको हो। तटीय शहर कास्मियाहका मानिसहरूले आक्रमणबाट भएको क्षतिको मूल्यांकन गरिरहेका छन्।