२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडका डान्सबार सञ्चालकसामु निरीह प्रशासन : मध्यरातमा कुटपिट हुँदा दुईजना घाइते, तीन पक्राउ

sajilo news
पार्थ मण्डल
२०८३ बैशाख १४ गते , सोमबार
बिर्तामोडका डान्सबार सञ्चालकसामु निरीह प्रशासन : मध्यरातमा कुटपिट हुँदा दुईजना घाइते, तीन पक्राउ

बिर्तामोड नगरपालिका–२ स्थित गन्तव्य डान्सबारमा गएराति कुटपिट हुँदा दुईजना घाइते भएका छन्  । घटना पश्चात् इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन जनालाई नियन्त्रणमा लिएको छ। 

आज बिहानको राति करिब साढे १ बजेको समयमा भएको समयमा डान्सबारमा कुटपिट भइरहेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनिको टोली घटनामा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झगडामा परी घाइते हुनेमा मेचीनगर नगरपालिका–१ निवासी २० वर्षीय सिद्धार्थ साह र ३० वर्षीय कर्ण राई रहेका छन्। साहको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको छ। दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न मेचीनगर नगरपालिका–१२ निवासी २१ वर्षीय निशान लामा, २२ वर्षीय प्रशान्त लिम्बु र भद्रपुर नगरपालिका–८ का २२ वर्षीय नित्य राजवंशीलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अर्जुनधारा नगरपालिकाका २० वर्षीय लाक्पा तामाङ भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ । जिल्लाका प्रहरी, प्रशासनले तोकेको समय अटेर गरी अबेर रातिसम्म डान्सबार सञ्चालन गर्दा घटना घटेको हो । डान्सबार सञ्चालक अगाडि प्रहरी प्रशासनका प्रमुख निरीह बन्दा बिर्तामोडमा यस्ता प्रकार घटना भइरहेका छन् । 

सम्बन्धित समाचार