२०८३ जेष्ठ १७ गते , आईतबार
नेपाल प्रहरी, सशस्त्रका आइजीपी र अनुसन्धान विभागका प्रमुखलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै आयोगले संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम कारबाही गर्न सिफारिस गरेको हो।
नेपालको संविधानको धारा २४९ को उपाधारा २ (ग) मा मानव अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध मुद्दा चलाउनु पर्ने आवश्यकता भएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सिफारिस गर्ने उल्लेख छ।
त्यस्तै उनीहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि सरकारलाई सिफारिस गरेको छ।