२०८३ जेष्ठ १८ गते , सोमबार

विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोली घोषणा

sajilo news
एजेन्सी
२०८३ जेष्ठ १५ गते , शुक्रबार
विश्वकपका लागि अर्जेन्टिनाको २६ सदस्यीय टोली घोषणा

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि साविक च्याम्पियन अर्जेन्टिनाले आफ्नो अन्तिम टोली सार्वजनिक गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

अर्जेन्टिनाको विश्वकप अभियानमा यसपटक पनि सबैको नजर मेस्सीमाथि रहने भएका छन् । अनुभवी र युवा खेलाडीको सन्तुलन मिलाइएको टोलीमा विश्वकप विजेता गोलकिपर एमिलियानो मार्टिनेज, डिफेन्डर क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल तथा स्ट्राइकर लाउटारो मार्टिनेज प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

स्कालोनीले केही नयाँ र युवा खेलाडीलाई पनि टोलीमा अवसर दिनुभएको छ, जसले अर्जेन्टिनाको भविष्यको टोली निर्माणतर्फ संकेत गरेको छ । अर्जेन्टिनी टोलीमा गोलकिपरका रूपमा एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र जुआन मुसो रहेका छन् ।

रक्षापङ्क्तिमा लियोनार्डो बालेर्डी, निकोलस टागलियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना र नाहुएल मोलिनाले स्थान बनाएका छन् ।

मिडफिल्डमा लियान्द्रो पारेडेस, रोड्रिगो डे पउल, भ्यालेन्टिन बार्को, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टार र एन्जो फर्नान्डेज समावेश भएका छन् ।

आक्रमणतर्फ जुलियन अल्भारेज, लियोनेल मेस्सी, निको गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमिओनी, निको पाज, जोसे म्यानुएल लोपेज र लाउटारो मार्टिनेज रहेका छन् ।

सम्बन्धित समाचार