२०८३ जेष्ठ १८ गते , सोमबार
मेचीनगरमा बेवारिसे शव फेला
मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा एक पुरुषको शव फेला परेको छ। हिजो साँझ करिब ५ः३० बजे तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष उतानो परेको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय काँकडभिट्टा बाट प्रहरी टोली खटिएको थियो। आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।