२०८३ जेष्ठ १८ गते , सोमबार

मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ १६ गते , शनिबार
मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको मृत्यु

झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१३ निवासी ४४ वर्षीय निमा तामाङ रहेका छन् ।

प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ सयरडाँगी चोकमा जेठ ११ गते साँझ करिब ७ः३० बजे चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका तामाङलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। आर्थिक अभावका कारण डिस्चार्ज गरी थप उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी २३ वर्षीय नारायण भट्टराईलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार