२०८३ जेष्ठ १७ गते , आईतबार

दिल्लीमा चार तले भवन भत्किदा ६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ जेष्ठ १७ गते , आईतबार
दिल्लीमा चार तले भवन भत्किदा ६ जनाको मृत्यु

भारतको दिल्लीको वेलकम क्षेत्रमा एउटा चारतले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। एक वर्षीय बालकसहित आठ जना घाइते भएका छन्।

उक्त भवनमा १० जनाको एउटा परिवार बस्ने गर्दथ्यो। एक अधिकारीका अनुसार बिहान ७ बजे सीलमपुरको ईदगाह रोड नजिकै रहेको जनता कोलोनीको गल्ली नम्बर ५ मा भवन भत्किएको हो।

भवन भत्किएको समयमा स्थानीय मानिसहरू बिहानी पैदल यात्रा (मर्निङ वाक) मा निस्किएका थिए। तिनै मानिसहरूले सबैभन्दा पहिले उद्धार कार्य सुरु गरेका थिए। दमकल घटनास्थलमा पुग्नुअघि नै भग्नावशेषमा फसेका मानिसहरूलाई बचाउने प्रयास सुरु भइसकेको थियो।

भारतीय मिडियाहरुका अनुसार अहिले पनि उद्धारकार्य जारी छ। ३ महिनाअघि दिल्लीकै मुस्तफाबाद इलाकामा एक भवन भत्किँदा ११ जनाको मृत्यु भएको थियो।

सम्बन्धित समाचार