२०८३ जेष्ठ १८ गते , सोमबार

नेपालले चीनलाई दियो ३१४ रनको बलियो लक्ष्य

sajilo news
झापा
२०८३ जेष्ठ १७ गते , आईतबार
नेपालले चीनलाई दियो ३१४ रनको बलियो लक्ष्य

एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको बलियो विजय लक्ष्य प्रस्तुत गरेको छ।  सिंगापुरको सिंगा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको छ। 

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले कीर्तिमानी ब्याटिङ प्रदर्शन गरे। भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रनको पारी खेलेका हुन्। पहिलो विकेटका रूपमा ओपनर ब्याटर आसिफ शेख ११ रनमा पेभिलियन फर्किदा कुशल मल्लसँग कुशल भुर्तेलले १७५ रनको उत्कृष्ट साझेदारी बनाएका थिए। 

नेपालको लागि कुशल मल्ल ८५ र रोहित पौडेलले ६९ रनमा अविजित रहे। यी दुईले तेस्रो विकेटको लागि ११६ रनको अविजित साझेदारी गरे। 

चीनको लागि बलिङममा मा कियानचेङ र डेन जिङ्गीले १–१ विकेट लिए। कुशल एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडी कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका छैटौं र नेपालका दोस्रो खेलाडी बनेका छन्। उनले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी दोस्रो नेपाली खेलाडी हुन्। लगिि

विश्वमा भने एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी छैटौं खेलाडी हुन्। यस अघि हर्सल गीब्स, युवराज सिंह, जसकरन मल्होत्रा, कायतन पोलार्ड र दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

नेपालले यसअघि, हाङजाउमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । यो नेपालले टी २० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा उच्च रन हो।

सम्बन्धित समाचार