बिर्तामोडबाट सम्पर्कविहीन भएका एक व्यक्तिको मृत्यु
बिर्तामोड । सम्पर्कविहीन भएका एक वृद्धको मृत्यु भएको छ । बिर्तामोडमा सडकछेउमा लडिरहेको अवस्थामा फेला परेका इलाम फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिम उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थेगिम जेठ १५ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए। परिवारजनले खोजतलास गरिरहेका बेला शनिबार राति करिब ८ ४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडकछेउमा उनी लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए।
उनको चिउँडोमा सामान्य चोटपटक लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले थेगिमको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो। उनको उपचारकै क्रममा राति करिब साढे ९ मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाएको जनाएको छ। प्रहरीका अनुसार मृतकले अत्यधिक मदिरा सेवन गर्ने गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।