२०८१ भाद्र २४ गते , सोमबार

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय झापामा १७ औं स्थानमा

sajilo news
झापा
२०८१ श्रावण २३ गते , बुधबार
कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय झापामा १७ औं स्थानमा

कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०-८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले कार्यसम्पादनमा ९५.२५ अंक प्राप्त गरेको छ । उक्त प्राप्ताङ्क अनुसार झापा उत्कृष्ट १७ औं स्थानमा रहेको छ ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ । रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।

सम्बन्धित समाचार