२०८१ आश्विन २८ गते , सोमबार
दशैंको बिदामा पनि झापा अदालत खुला रहने
भद्रपुर । झापा जिल्ला अदालत भद्रपुर दशैको बिदामा समेत खुल्ने भएको छ । झापा जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै असोज १७ देखी ३० गते सम्म अदालत बन्द रहने समयमा बिहान ११ बजे देखि दिनको ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ ।
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइ गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागि अदालत खुला रहने अदालत प्रशासनले जनाएको छ ।
सामान्यतः अन्य सरकारी कार्यालय दशैका अवसरमा ६ दिन दसैँ बिदा दिने गरे ता पनि देशभरका अदालतहरू भने १५ दिन बिदा दिने गरिएको छ ।