२०८१ आश्विन २८ गते , सोमबार

दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा

sajilo news
झापा
२०८१ आश्विन १५ गते , मंगलबार
दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा

साइबर अपराधमा पक्राउ परेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश खरेलले दुई वटा मुद्दामा ५०÷ ५० हजार धरौटीमा छाड्न आदेश दिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।

प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्र हत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्र हत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो ।

मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको थियो । उनलाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार