२०८१ मंसीर २१ गते , शुक्रबार
हरिबोधिनी एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर बिर्तामोडकी वृद्धा घाइते
बिर्तामोड । हरिबोधिनी एकादशीको पूजा गर्ने क्रममा दियोको आगो कपडामा सल्किएर झापा बिर्तामोडका एक वृद्धा सख्त घाइते भएकी छन् ।
बिर्तामोड नगरपालिका-४ निवासी उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता न्यौपानेले मंगलबार बिहान साढे ९ बजेतिर एकादशीको पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । उनको हात र ढाड जलेको छ । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।