२०८१ पौष २९ गते , सोमबार
नेपाल प्रहरीले १२२३ जवान माग्यो (विज्ञापनसहित)
नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो।
त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।