२०८१ पौष २९ गते , सोमबार

झापामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते

sajilo news
झापा
२०८१ मंसीर २९ गते , शनिबार
झापामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते

झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुवाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका-५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका -९ बस्ने अन्दाजी ५० वर्षीय राम गुरागाईँ, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका-३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

सम्बन्धित समाचार