२०८१ चैत्र १३ गते , बुधबार

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाडन् चितवन अदालतको आदेश

sajilo news
झापा
२०८१ माघ २४ गते , विहीबार
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाडन् चितवन अदालतको आदेश

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उहाँलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

चितवनमा रहेको साहारा सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार आफैँ अदालत उपस्थित हुनुभएको थियो । हिजो र आजको थुनछेक बहसपछि उहाँलाई न्यायाधीश ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो ।

सम्बन्धित समाचार