२०८३ बैशाख ३ गते , विहीबार

पूर्वी नाका काँकडभिट्टामा लागुऔषध दुर्व्यसनीविरुद्ध प्रभातफेरी

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
पूर्वी नाका काँकडभिट्टामा लागुऔषध दुर्व्यसनीविरुद्ध प्रभातफेरी

झापा । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मेचीनगर–७ स्थित प्यारीभिट्टा युवा क्लबसँगको सहकार्यमा शुक्रवार काँकडभिट्टामा लागु औषध दुर्व्यसनी विरुद्धको सचेतना मूलक प्रभातफेरी निकालिएको छ ।

‘दुर्व्यसनीबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऊँ’ भन्ने लगायतका नारा लेखिएका प्ले कार्ड तथा ब्यानरसहित लागु औषध दुर्व्यसनी विरुद्धको सचेतनामूलक प्रभातफेरी निकालिएको हो ।प्रभातफेरी र्‍याली काली खोला, प्यारीभिट्टा हुँदै काँकडभिट्टा बजारमा आएर सम्पन्न भएको थियो । प्रभातफेरी र्‍यालीमा क्लबका पदाधिकारी, प्रहरी र स्थानीयहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार