२०८३ बैशाख १० गते , विहीबार
बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
झापा । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ९५६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका ३ का २० वर्षीय अजय सहनीको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।