२०८३ बैशाख १० गते , विहीबार
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
झापा । सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका १ बस्ने ५० वर्षीय अग्निप्रसाद भण्डारी रहेका छन् ।
पुनरावेदन अदालत इलामको २०६५ साउन २२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा उनलाई दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।