२०८३ बैशाख ३ गते , विहीबार

भारतमा पछिल्लो २४ घण्टामा थपिए एक लाख २६ हजार बढी कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २६ गते , विहीबार
भारतमा पछिल्लो २४ घण्टामा थपिए एक लाख २६ हजार बढी कोरोना संक्रमित

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टाभित्रै थप १ लाख २६ हजार ७ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। ५९ हजार २ सय ८५ संक्रमण मुक्त र ६ सय ८५ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यहाँ अहिलेसम्म १ करोड २९ लाख २८ हजार ५ सय ७४ जनालाई कोरोना संक्रमण भइसकेको छ। १ करोड १८ लाख ५१ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

अहिले भारतभर सक्रिय संक्रमित ९ लाख १० हजार ३ सय १९ जना छन्। मन्त्रालयका अनुसार कोभिडविरुद्धको खोप कुल ९ करोड १ लाख ९८ हजार ६ सय ७३ नागरिकले लगाएका छन्।

सम्बन्धित समाचार