२०८३ बैशाख ३० गते , बुधबार

रासस झापाकी प्रमुख भण्डारीलाई पितृशोक 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १ गते , शनिबार
रासस झापाकी प्रमुख भण्डारीलाई पितृशोक 

झापा । पत्रकार अम्बिका भण्डारीलाई पितृशोक परेको छ । लोकतन्त्र पोस्टकी अनलाइन सम्पादक, राष्ट्रिय समाचार समिति (रासस) झापाकी प्रमुख, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य र नारी सञ्चार गृह झापाकी निवर्तमान अध्यक्ष भण्डारीका पिता लोकबहादुर भण्डारीको आज विहान ७ स् ३० बजेतिर इलाममा निधन भएको हो ।

इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. १ तोभाङ निवासी ९५ वर्षीय भण्डारीको निजी निवासमै निधन भएको हो । बुढ्यौलीका कारण दुई दशकदेखि घरदेखि टाढा हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका भण्डारीको शरीरमा कुनै रोग थिएन । तर, दुई महिना अघि घरमै लड्दा दाहिने खुट्टाको कम्मरमुनिको जोर्नी खुस्किएको थियो । स्व. भण्डारीका ५ जना छोरा र ९ जना छोरी गरी १४ सन्तान छन् । ज्वाइँहरुमध्ये दुई जना मोहन काजी र मुक्ति पौडेल पत्रकार रहेका छन् ।

सम्बन्धित समाचार