२०८३ बैशाख ७ गते , सोमबार

झापामा फेरि बढ्यो संक्रमण दर, सोमबार थपिए ३५७ जना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ३ गते , सोमबार
झापामा फेरि बढ्यो संक्रमण दर, सोमबार थपिए ३५७ जना संक्रमित

झापा । झापामा फेरि कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । केही दिनदेखि ओरालो लागेको संक्रमण दर सोमबार अहिलेसम्मकै उच्च भएको छ । पछिल्लो चौबीस घण्टामा झापामा ३५७ जना कोरोना संक्रमित थपिएका हुन् ।

जिल्लामा १४९ महिला र २०८ पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआरतर्फ १४० महिला र १८९ पुरुष तथा एन्टिजेनतर्फ ९ महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी भद्रपुर नगरपालिकामा ८१ जना रहेका छन् । जसमा २५ महिला र ५६ जना पुरुष छन् । त्यस्तै दमकमा ३५ महिलासहित ७० जना, बिर्तामोडमा १८ महिलासहित ३५ जना ,मेचीनगरमा १२ महिलासहित २७ जना ,गौरादहमा १ महिलासहित ५ जना , कनकाईमा १३ महिलासहित २१ जना ,हल्दीवारीमा १ महिला , १ पुरुष , अर्जुनधारामा १२ महिलासहित २६ जना ,बुद्धशान्तिमा ८ महिलासहित २१ जना , गौरीगञ्जमा १ महिला ,कचनकवलमा २ महिलासहित ५ जना ,कमलमा १ महिलासहित ४ जना ,शिवसताक्षीमा ९ महिलासहित २२ जना ,बाह्रदशीमा २ महिलासहित ९ जना ,झापा गापामा ५ महिलासहित १५ जना र ठेगाना नखुलेका ४ महिलासहित १३ जना रहेका छन् ।योसँगै कुल सङ्क्रमितको सङ्ख्या ७९४५ पुगेको छ भने निको हुनेको सङ्ख्या ४८७३ रहेको कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिएका छन् । यस्तै, विभिन्न आइसोलेसनमा २९०६ जनाको उपचार भइरहेको छ । सोमवार २६ जना डिस्चार्ज भएको चौंलागाईले बताए ।

सम्बन्धित समाचार