२०८३ बैशाख ७ गते , सोमबार

दमकमा कामको बहानामा बोलाएर कुटपिट, दुई जना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख ७ गते , सोमबार
दमकमा कामको बहानामा बोलाएर कुटपिट, दुई जना पक्राउ

दमकमा कामको बहानामा बोलाएर एक व्यक्तिमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। आज बिहान करिब १०:३० बजे दमक नगरपालिका–१ हवल्दार चोक निवासी ४३ वर्षीय वीरेन्द्र बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा “काम छ” भन्दै बोलाइएको थियो। सो स्थानमा पुगेपछि उनलाई चार जनाको समूहले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कुटपिटमा संलग्नमध्ये दमक–९ का ५५ वर्षीय शिव साह र कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ।

कुटपिटमा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको र उनीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते बस्नेतको कान, मुख र घाँटीमा सामान्य चोट लागेको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार