२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरमा कोरोनाबाट छोराको मृत्यु भएको सातापछि संक्रमित बुबाको पनि मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
भद्रपुरमा कोरोनाबाट छोराको मृत्यु भएको सातापछि संक्रमित बुबाको पनि मृत्यु 

भद्रपुर । छोराको मृत्यु भएको एक सातापछि बुबाको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । साबिक महेशपुर गाविस–१ मन्त्रिबारी हाल भद्रपुर नगरपालिका ४ निवासी ७६ वर्षीय सुरेनचन्द्र राजवंशीको कोरोना सङ्क्रमणबाट मङ्गलवार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको पनि शुक्रवार मेची अञ्चल अस्पतालमा पीसीआर परीक्षण गराएको थियो ।

पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । वैशाख २८ बिहान ४ बजे उनका छोरा ४८ वर्षीय अनुप राजवंशीको पनि कोरोनाका कारण मृत्यु भएको थियो । उनको मेची कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो । एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो । राजवंशी परिवारका अधिकांश सदस्यलाई कोरोना पुष्टि भएपछि उनीहरू पनि होम आइसोलेसनमा बसेको जनाइएको छ ।

सम्बन्धित समाचार