२०८३ बैशाख ७ गते , सोमबार

६ हजार ८९१ जना निको भए, थपिए ८ हजार २ सय संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
६ हजार ८९१ जना निको भए, थपिए ८ हजार २ सय संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार  २० हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो।

यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ। ६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार