२०८३ बैशाख ७ गते , सोमबार

व्यवसायीले उपलब्ध गराएको ५२ थान अक्सिजन सिलिन्डर रेडक्रसद्वारा झापा प्रशासनलाई हस्तान्तरण

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ४ गते , मंगलबार
व्यवसायीले उपलब्ध गराएको ५२ थान अक्सिजन सिलिन्डर रेडक्रसद्वारा झापा प्रशासनलाई हस्तान्तरण

भद्रपुर  । विभिन्न उद्योगी व्यवसायीले उपलब्ध गराएको ५२ थान अक्सिजन सिलिन्डर नेपाल रेडक्रस सोसाइटीले जिल्ला प्रशासन कार्यालय झापालाई हस्तान्तरण गरेको छ ।
सिलिन्डर पछि फिर्ता हुनेगरी ४७ केजी तौल भएका ५२ वटा अक्सिजन सिलिन्डर प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गरिएको रेडक्रसका झापा सभापति लोकराज ढकालले बताए । नेपाल रेडक्रस सोसाइटीको अनुरोधमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेस डालमियासहित उद्योगीहरु नवीन गट्टानी,अर्जुन मैनाली,राजेन्द्र थापा, शेरबहादुर थापा,नवीन बिमली,केदार गिरी,मोहन मित्तल, बिपिन बस्नेत,मिलन बस्नेत,गोपाल बजगाई,राजेश उप्रेती,दिपक कार्की, विकास गोयल,रमेश शर्मा,कुमार गिरी,गौरी भण्डारी,भरत बस्नेत, मीनप्रकाश मैनाली,ओम खड्कालगायतले ती अक्सिजनका सिलिन्डर उपलब्ध गराएका थिए । जुन कार्यका लागि झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठको सहयोग रहेको थियो भने त्यसको संयोजन रेडक्रस बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले गरेका थिए ।
त्यस्तै आजै झापाली समाज युइएबाट प्राप्त १ सय थान अक्सिजन क्यान, ४८ थान अक्सोमिटर, सेनिटाइजर, पिपिइ प्रजिअ तिमिल्सिनालाई हस्तान्तरण गरिएको ढकालले बताए । यसैबीच उद्योगीहरुले थप ५ वटा अक्सिजनको सिलिन्डर उपलब्ध गराएको उनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार