२०८३ बैशाख ७ गते , सोमबार
बिहेबाट घर फर्किएका हल्दिबारीका एक युवकको कोरोनाबाट मृत्यु
झापा । बुबाको मृत्यु भएको १० दिनभित्रै कोरोना सङ्क्रमणबाट उनको छोराको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका १ गोलधाप निवासी ३० वर्षीय पुरुषको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको हल्दिवारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । उनलाई जेठ २ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको बुबालाई पनि कोरोना संक्रमणको लक्षण देखिएपनि कोरोना पुष्टि हुन नपाउँदै मेची अस्पतालमा उपचारको क्रममा वैशाख ३० गते मृत्यु भएको थियो । मृतकका परिवारका एक बालकसहित परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएको छ । उनका परिवार केही दिनअघि अन्यत्र जिल्लामा विवाहमा गएका थिए । त्यहाँबाट आएपछि परिवारमै कोरोना देखिएको हो ।