२०८३ बैशाख ७ गते , सोमबार

भद्रपुरमा कोरोनाबाट छोराको मृत्यु केही घण्टाभित्रै बुवाको पनि मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ९ गते , आईतबार
भद्रपुरमा कोरोनाबाट छोराको मृत्यु केही घण्टाभित्रै बुवाको पनि मृत्यु

भद्रपुर । भद्रपुरमा छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको केही घण्टामै बुवाको पनि मृत्यु भएको छ । भद्रपुर २ का ५८ वर्षीय छोराको कोरोना सङ्क्रमणबाट आज दिउँसो मेची अस्पतालमा मृत्यु भएको थियो । छोरोको अन्त्येष्टि गरेको केही समयभित्रै उनका ९२ वर्षीय बुवाको अहिले साँझ मृत्यु भएको हो । यद्यपि मृत्यु भएका वृद्धको पिसिआर परीक्षण गरिएको थिएन ।

अस्वास्थ्य रहेका ती वृद्धको घरमै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले बताए । उनले नगरपालिकासँग समन्वय गरी स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर अहिले ती वृद्धको अन्त्येष्टि भइरहेको जानकारी दिए । त्यस्तै भद्रपुर ४ का अर्का एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पराजुली थरका व्यक्तिको नोबेल हस्पिटल विराटनगरमा मृत्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार