२०८३ बैशाख ७ गते , सोमबार

मेची अस्पतालमा दुई र भद्रपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १० गते , सोमबार
मेची अस्पतालमा दुई र भद्रपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

झापा । मेची अञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ निवासी ७७ वर्षीय वृद्ध पुरुष र पाँचथरको फिदिम निवासी ३१ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मृतक पुरुष जेठ ७ गते र महिला जेठ ८ गते कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए ।

उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । त्यस्तै भद्रपुर नगरपालिका ४ निवासी ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको विराटनगरको नोबेल अस्पतालमा आइतबार साँझ मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । वैशाख २८ गते संक्रमण पुष्टि भएका ती पुरुष अस्पताल भर्ना भएका थिए । उनको शव मध्यराती १२ बजे भद्रपुर ल्याएर दाहसंस्कार गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार