२०८३ बैशाख ७ गते , सोमबार
१६९ जनाको मृत्यु, थपिए ८ हजार ६३६ कोरोना संक्रमित
काठमाडौं । देशभर गत २४ घण्टामा ८ हजार ६ सय ३६ कोरोना संक्रमित थपिएका छन्। २२ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ३ सय ८७ र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जसमध्ये १ लाख ८ हजार ४ सय २८ जना होम आइसोलेसन र ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा छन्। सक्रिय संक्रमितमध्ये १ हजार ६ सय ७२ जना आइसियुमा छन्।
ती मध्ये ४ सय ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाले १ सय ६९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाकै कारण मृत्यु हुनेको कूल संख्या ६ हजार ७ सय पुगेको छ। गत २४ घण्टामा ६ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्।