२०८३ बैशाख ७ गते , सोमबार
मेची अस्पतालमा दुईसहित झापामा थप चार जना सङ्क्रमितको मृत्यु
झापा । बिर्तामोडका दुईसहित झापाका थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बिर्तामोडका मृत्यु हुनेमा वडा नं ३ की ८४ वर्षिया वृद्धा र वडा नं १ का ६० वर्षीय वृद्ध रहेका छन् ।
बिर्तामोड ३ की ती वृद्धाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा हिजो बेलुका मृत्यु भएको हो । त्यस्तै मुर्मू थरका वृद्धको मेची अस्पतालमा मृत्यु भएको हो । मेची अस्पतालमै भद्रपुर ९ का ६५ वर्षीय भट्टराई थरका वृद्धको पनि मृत्यु भएको छ । त्यस्तै गौरादह २ का ५० वर्षीय गौतम थरका पुरुषको दमकको एडभान्स हस्पिटलमा मृत्यु भएको छ