२०८३ बैशाख ७ गते , सोमबार

६ हजार ७ सय संक्रमित थपिदा निको पनि त्यत्तिकै भए

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १२ गते , बुधबार
६ हजार ७ सय संक्रमित थपिदा निको पनि त्यत्तिकै भए

काठमाडौं । देशभर गत २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने बढेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ६ हजार ७ सय १४ जना संक्रमित थपिँदा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन्।

१९ हजार ३० जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ हजार ६ सय ७७ र ३ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनाकारी दिए। 

उनका अनुसार काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या केही घटेको छ। आज काठमाडौंमा १ हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना  गरी कूल १ हजार ४ सय ९३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

सम्बन्धित समाचार