२०८३ बैशाख ७ गते , सोमबार
झापामा सात जना सङ्क्रमितको मृत्यु, थपिए १३८ जना नयाँ सङ्क्रमित
झापा । झापामा थप १३८ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय ४३ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लामा ७ जना सङ्क्रमितको ज्यान गएको छ । बिर्तामोडका ३, भद्रपुरका २, गौरादह र गौरीगञ्जका १-१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या २ सय २० पुगेको छ । यस्तै, आज थप ८१ जनाले कोरोना जितेका छन् । आज सबैभन्दा धेरै दमकमा ३१ र मेचीनगरमा २१ जनामा कोरोना पुष्टि भएको छ ।