२०८३ बैशाख ७ गते , सोमबार

मेची कोभिडमा उपचाररत सङ्क्रमितलाई पौष्टिक आहार वितरण

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १३ गते , विहीबार
मेची कोभिडमा उपचाररत सङ्क्रमितलाई पौष्टिक आहार वितरण

झापा । मेची कोभिड उपचार केन्द्र भद्रपुरमा उपचाररत कोरोना संक्रमित बिरामीहरूलाई पौष्टिक आहार वितरण गरिएको छ । ७० जना सङ्क्रमितहरूका लागि पौष्टिक आहार वितरण गरिएको हो ।

राष्ट्रिय युवा परिषद् झापाको संयोजन र गैर आवासीय नेपाली सङ्घ जर्मनीका खेलकुद विभाग प्रमुख बिर्तामोड –७ का अर्जुन ओलीको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको परिषद्का अध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । पौष्टिक आहारमा काजु, किसमिस, ओखर, च्यापनप्रस लगायतको सामग्री प्रदान गरिएको बुढाथोकीले जानकारी दिए । गैर आवासीय नेपाली सङ्घ जर्मनीले नेपालमा महामारीका लागि विभिन्न सहयोग प्रदान गर्दै आएको छ । सो संस्थाका अध्यक्ष हरि न्यौपानेले २८ वटा अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिएका छन् ।

सो सामग्री जिसस झापाका प्रमुख एवम् मेची अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेल, भद्रपुरका मेयर जीवन श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । नेकपा एमालेका युवा नेता असारु राजवंशी, परिषद्का अध्यक्ष बुढाथोकी, कोभिड क्वीक रेस्पोन्स टिमका दिवाकर लाल चौधरी, एमाले युवा नेता छवि चुँडाल, खगेन्द्र आचार्य लगायतले पौष्टिक आहार हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार