२०८३ बैशाख ७ गते , सोमबार
९६ जनाको मृत्यु, थपिए करिब ७ हजार संक्रमित
झापा । देशभर थप पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज २० हजार एक सय १० जनामा कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमित र मृतकको संख्या घटेको छ। यसअवधिमा थप ९६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या सात हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ। ९ हजार ८ सय ४१ जना कोरोना मुक्त भएका छन्।
हालसम्म ३० लाख १७ हजार तीन सय ७७ जनामा कोरोना परीक्षण गरिएकोमा पाँच लाख ४९ हजार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।