२०८३ बैशाख ७ गते , सोमबार
अस्पतालमा आइसियु बेड नपाउँदा झापामा एक सङ्क्रमितको मृत्यु
झापा । अस्पतालमा आइसियु बेड नपाएर झापामा एक कोरोना संक्रमति वृद्धको मृत्यु भएको छ । दमक अस्पतालमा उपचाररत दमक ५ निवासी ७५ वर्षीय वृद्ध पुरुषका आफन्तले शुक्रवार दिनभर आइसियु बेड खोजेका थिए । दमकका कुनै पनि अस्पताल र बाहिर अस्पतालमा समेत आइसियु बेड उनीहरूले पाएनन् । आइसियु बेड नपाउँदा उनको शनिवार बिहान २ बजे दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनका आफन्तले दमकका सबै अस्पतालहरूमा बेलुका अबेरसम्म आइसियु बेड खोज्दै हिँडेका थिए ।