२०८३ बैशाख ७ गते , सोमबार
थप ६ हजार ८० जना कोरोनामुक्त, थपिए ४ हजार ४८७ संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जना गरी कुल ४ हजार ४८७ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको कुल संख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या सात हजार १६३ पुगेको छ । सोही अवधिमा ६ हजार ८० जना संक्रमित निको भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या चार लाख ३४ हजार ७५० पुगेको छ । निको हुने दर ७८।६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।