२०८३ बैशाख ७ गते , सोमबार

नेपालमा कोरोनामुक्त हुनेको संख्या बढ्यो, आज थपिए ४ हजार ३६९ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
नेपालमा कोरोनामुक्त हुनेको संख्या बढ्यो, आज थपिए ४ हजार ३६९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दुई हजारले बढी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ता डा‍. समीर कुमार अधिकारीका अनुसार १० हजार ९ सय ८६  पिसिआर परीक्षण गर्दा थप चार हजार तीन सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै,आज ६ हजार २०५ जना कोरोना मुक्त भएका छन् भने कोरोनाका कारण एक सय ९ जनाको मृत्यु भएको उनले बताए।

उनका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा एक सय १३,ललितपुरमा एक सय ७६ र काठमाडौंमा ८ सय चार जना गरी जम्मा एक हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ। 

सम्बन्धित समाचार