२०८३ बैशाख ७ गते , सोमबार

झापामा कोभिड रेस्पोन्स टिमको सामाजिक कार्य

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १६ गते , आईतबार
झापामा कोभिड रेस्पोन्स टिमको सामाजिक कार्य

झापा । दोस्रो लहरको कोरोना सुरु भए देखी कोभिड रेस्पोन्स टिम झापाले विभिन्न स्वयंसेवी काम गर्दै आइरहेको छ । कोरोना संक्रमित भई निको भएकाहरूबाट एण्टिबडिका लागि ‘प्लाज्मा’ रगत को लागि बैङ्क सञ्चालन गरी प्लाज्मा रगत १३ जना भन्दा ज्यादा सङ्कलन गरेको छ । प्रदेश–१ कै विभिन्न जिल्लाका संक्रमित भई निको हुनेसँग कुरा गरी प्लाज्मा दानका लागि तयार पारेको अभियान संयोजक दीपक दासले बताए ।

टिमले सङ्क्रमितको पीसीआर रिपोट साथै अन्य कागजातको समन्वयकारी भूमिका निर्वाह गर्दै मोरङको विराटनगरमा बिरामीहरूका लागि प्लाज्मा रगत पुर्‍याइको छ । विभिन्न सङ्घसंस्था सुरुवाती कोठा नेपाल, एसएन जेडि, क्विक रेस्पोन्स सेन्टर, जिल्ला युवा परिषद् झापा, रोटरी क्लब अफ बिर्तामोड मिड्टाउन,चेम्बर अफ कमर्स झापा, आदर्श स्कुल अफ मेनेजमेण्ट लगायतका सस्थाहरुले अभियान लाई प्रत्यक्ष रुपमा सहकार्य भूमिका निभाउँदै आइरहेको अभियानलाई प्राविधिक सहयोगमा रेडक्रस बिर्तामोड शाखाले प्राविधिक सहयोग पुर्याउदै आएको छ ।

अभियानले आगामी दिनमा श्री सत्य साइ सेवा सङ्गठन प्रदेश–१ ९क० र एक का लागी एक अभियानसँग सहकार्य गरी अक्सिजन सिलिन्डर व्यवस्थापन र पीसीआर ल्याबमा समेत व्यवस्थापनमा सहयोग पुर्‍याउने अभियन्ता विष्णु आचार्यले बताए । अभियानमा यज्ञराज कडरिया, रूपक रिजाल, भरत यादवले आआफ्नो जिम्मेवारी निभाउँदै आएको छ । 

सम्बन्धित समाचार