२०८३ बैशाख ७ गते , सोमबार

६ हजार ४९१ कोरोनामुक्त, थप ४ हजार ७६२ जनामा संक्रमण, १४४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १७ गते , सोमबार
६ हजार ४९१ कोरोनामुक्त, थप ४ हजार ७६२ जनामा संक्रमण, १४४ जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोनाबाट निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनामुक्त भएका हुन्।

त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्। 

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४१७८ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २४२५ जनाको एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा पोजेटिभ देखिएको हो। 

सम्बन्धित समाचार